विद्युत खरिद विक्रि

यस गोरक्ष हाइड्रोपावर प्रा.लि. ले बागमती, अञ्चल, धादिङ जिल्लाको सेर्तुङ र लापा गा.वि.स. मा अवस्थित आँखु खोलाको पानीबाट २५.४ मे.वा. क्षमताको सुपर आँखुखोला जलविद्युत आयोजना निर्माण गरी सो बाट उत्पादन गर्ने उद्देश्यले विद्युत विकास विभागवाट मिति २०७२/०१/१५ मा विद्युत उत्पादनको सर्वेक्षण अनुमतिपत्र, नेपाल विद्युत प्राधिकरणबाट मिति २०७४/०२/१० मा Connection Agreement  भएको र मिति २०७४/०३/१५ मा नेपाल विद्युत प्राधिकरण र यस गोरक्ष हाइड्रोपावर प्रा.लि. विच यस कम्पनीबाट उत्पादीत विद्युत नेपाल विद्युत प्राधिकरणबाट ३० वर्ष सम्म ६, ६ महिनाको बर्षायाम र सुख्यायामकोे आधारमा ३० देखि ७०% को कन्ट्रयाक्ट इनर्जि का दरमा नयाँ मुल्य अनुसार विद्युत खरिद सम्झौता नेपाल विद्युत प्राधिकरणको तर्फबाट कार्यकारी निर्देशक श्री कुलमान घिसिङ र यस गोरक्ष हाइड्रोपावरको तर्फबाट प्रवन्ध निर्देशक श्री विश्वनाथ कडेलका विच विद्युत खरिद विक्रि कार्य २०७४/०३/१५ मा सम्पन्न गरि सो सम्झौताको एक एक कपी एकआपसमा हस्तान्तरण गरियो । कम्पनीको तर्फबाट कम्पनीका अध्यक्ष श्री भोलाराज पाण्डे तथा संचालक समितिका पदाधिकारी ज्यूहरु यसकार्यमा सहयोग गर्नुहुने नेपाल सरकारका कर्मचारी, नेपाल विद्युत प्राधिकरणका पदाधिकारी तथा कर्मचारी, शेयर होल्डर, प्राविधीक, तथा यस कम्पनीका सुवेच्छुकहरुमा कम्पनीको तर्फबाट आभार व्यक्त गर्दछौ । साथै यस्तै सहयोग र सद्भाव आगामी दिनहरुमा रहिरहोस भन्ने कामना सहित नेपाल विद्युत प्राधिकरणले दिएको समय सिमा भित्र कार्य सफल गर्ने छौ भनि कम्पनीका तर्फबाट यस शुभ दिनमा प्रतिवद्धता व्यक्त गर्दछौ । 

Quick Contact