
यस सुपरआँखु खोला जलविद्युत आयोजनाले मिति २०७१/१२/३० मा १४.५ मे.वा. क्षमताको विद्युत उत्पादनको सर्वेक्षण अनुमति पत्र प्राप्त गरेको थियो । अनुमति पत्र प्राप्त गरे पश्चात यस आयोजनाको प्रवद्र्धक गोरक्ष हाइड्रोपावर प्रा.ली ले आयोजनाको स्थलगत अध्ययन गरी सर्वे डिजाइन तथा हाइड्रोलोजिकल विश्लेषणका आधारमा आयोजनाको संभाव्यता अध्ययन गर्दा उक्त आयोजनाबाट २५.४ मे.वा.विद्युत उत्पादन हुने सम्भावना देखि क्षमता वृद्धिको लागि विद्युत विकास विभाग मार्फत उर्जा मन्त्रालयमा मिति २०७३/०१/०९ मा निवेदन दिएको थियो । सोहि निवेदन उपर कारवाहि हुँदा मिति २०७३/०३/२४ गतेको नेपाल सरकार उर्जा मन्त्रालय (सचिवस्तर) को निर्णय अनुसार यस सुपर आँखुखोला जलविद्युत आयोजनाको अनुमति पत्रको क्षमता १४.५ बाट २५.४ मे.वा. गरिएको जानकारी प्राप्त भयो ।
यसरी वृद्धि क्षमता पश्चात अव २५.४ मे.वा. क्षमताको पी.पी ए गर्नेकार्य अगाडी वढाइएको छ ।




